हात भाँचिएको उपचार गर्दा बालिकाको कसरी गयाे ज्यान ?

धनगढी । डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिइएका चिकित्सकहरूमा डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव रहेका छन् ।

घरमा खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी नौं वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो । 

सामान्य उपचारपछि बुधबार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले असर (रियाक्सन) गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बालिकाका आफन्तले डाक्टर चिकित्सक) को लापरबाहीका कारण मृत्यु भएको भनेपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकहरू नियन्त्रणमा लिएको हो ।

सुजङ अस्पतालका स्वास्थ्यकर्मीले आफ्नोतर्फबाट उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गरेका छन्।

बालिकालाई १०४ डिग्री ज्वरो आएको, अस्पतालले यहाँ उपचार सम्भव छैन बाहिर लैजानुस् भनी आग्रह गरेकाे तर, परिवारले नमानेकाे र अहिले ज्यान गएपछि दोष दिइएकाे अस्पतालकाे भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर