पाथीभरा केबलकार शिलान्यास गर्न खोज्दा झडप
काठमाडौं । ताप्लेजुङमा पाथीभरा मन्दिरमा जान केबलकार निर्माणलाई लिएर विवाद हुँदा ढुंगामुढा भएको छ।
शुक्रबार दिउँसो तल्लोफेदीमा स्टेशन बनाउन शिलान्यासको कार्यक्रम राख्दा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले जानकारी दिए।
उनका अनुसार एक पक्षले शिलान्यास गर्न खोज्दा अर्को पक्षले त्यहाँ निर्माण गर्न नहुने भन्दै अवरोध गरेको थियो।
यसक्रममा तीन जना घाइते समेत भएका छन्। घाइते तीनै जनालाई उपचारका लागि अस्पताल पठाइएको उनले बताए। अहिलेलाई स्थिति सामान्य भएको छ।
निर्माण क्षेत्रमा स्काइभेटर मेसिन लाने विषयमा विवाद भएको हो । निर्माण कम्पनी हिमालयन कन्ट्रक्सनले काफ्लेपाटीबाट मेसिन लैजाँदा आन्दोलनरत पक्षले अवरोध गरेका थिए । त्यसपछि प्रहरीले मेसिनको चाबी लिएको थियो ।
प्रहरीसँग चाबी मागेर आन्दोलरत पक्ष आन्दोलित भएको थियो । त्यही क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएर झडपको स्थिति सिर्जना भएको हो ।
प्रहरीले मेसिनको चाबी दिएको छैन भने दुवै पक्ष आ-आफ्नो क्षेत्रमा बसिरहेका छन्।
प्रतिकृया दिनुहोस