दार्चुला जिप दुर्घटना: मृतकको संख्या ८ पुग्यो
काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ मा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। पाँचजना घाइते छन्।
शैल्यशिखर-९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरी छत्रबहादुर निरीक्षक रावतले जानकारी दिए।
प्रहरीका अनुसार रावलद्वय श्रीमान्-श्रीमती हुन्। यस्तै नक्तडका ४५ दिलीप विष्ट र ४० वर्षीया मीना लेखकको पनि मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका-५ का ५० वर्षिय वीरेन्द्र बोहरा र १६ वर्षीया सुजित बोहराको ज्यान गएको छ।
ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन्। भारत विजनोर मोभारपुरका ४५ वर्षीय मोहम्मद सकिर र १८ वर्षीय मोहम्मद बसिलको मृत्यु भएको प्रहरी निरीक्षक रावतले जानकारी दिए।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना भएको थियो।
घाइतेमध्ये चालक दार्चुला शैल्यशिखरका ३० वर्षीय सुनिल जोशीको अवस्था गम्भीर छ। गोकुलेश्वर अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य छ । एक जना भने उपचारपश्चात डिस्चार्ज भएका छन् । जीपमा १३ जना सवार थिए ।
स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको अवस्था गम्भीर रहेको डीएसपी दाहालले बताए ।
उनको टाउकोमा चोट लागेको छ । जिपमा सवार शैल्यशिखर–५ लेकगाउँका सन्दिप रावल, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–५ का उत्तम रोकाया, भारत पिलभित मारुडण्डाका सोहिन शाह र ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल घाइते भएका छन् ।
घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस