नेपालको बिजुली पहिलो पटक बंगलादेश निर्यात, डलरमा आम्दानी

काठमाडौं । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । शुक्रबार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले, विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भारतका भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरे ।

नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको सुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रबारबाट बङ्गलादेश विद्युत् निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो ।

नेपालले ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरेको छ । शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत् निर्यात सुरु हुनु दक्षिण एशियामा विद्युत् व्यापारमा कोशेढुङ्गा सावित भएको बताए । उनले विद्युत् निर्यातका लागि गत असोजमा नै त्रिपक्षीय सम्झौताअनुसार आजदेखि भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात सुरु भएको जानकारी दिए। उनले बङ्गलादेशमा विद्युत् निर्यातका लागि सहजीकरणको भूमिका खेल्ने भारत सरकार र बङ्गलादेश सरकारलाई धन्यवाद दिए ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपियाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

बङ्गलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बङ्गलादेशी कम्पनीले तिर्नेछ ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट करिब ८ रुपियाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

बङ्गलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बङ्गलादेशी कम्पनीले तिर्नेछ ।

नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेशनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबिचको बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुग्नेछ ।

नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यात मध्याह्न १२ः३० बजेबाट सुरु भएको हो । यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर