कांग्रेस बीआरआईमा ऋण नलिने पक्षमा छ– गृहमन्त्री लेखक

धनगढी । बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पारेका छन् । 

बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु देखिएका भएपनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए । 

‘कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेले पनि ऋणका रुपमा भएपनि लिनुपर्छ नै त भनेको छैन,’ मन्त्री लेखकले भने, ‘दुवै दलबीच छलफल चलिरहेको छ । हामी साझा धारणा निर्माण गर्छौ| ।’

मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गरे । ‘हामी प्रधानमन्त्रीय प्रणालीमा छौं । प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्ने कुरा हुन्छ । तर आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन ।’

मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । ०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर