• २०८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024

नक्कली प्रमाण पत्र पेश गर्ने प्रहरी नायव निरिक्षक अधिकारीलाई ६ महिना कैद, १० हजार जरिवाना

काठमाडौं । नेपाल प्रहरीका नायव निरिक्षक निरबहादुर अधिकारी नक्कली प्रमाणपत्रमा दोषी ठहर भएका छन् । हाल लम्जुङ प्रहरीको ट्राफिकमा कार्यरत उनलाई सर्वोच्च अदालतको पूर्ण इजलासले दोषी ठहर गर्दै ६ महिना कैद तथा १० हजार जरिवाना सुनाएको छ । 

उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव निरीक्षक निरबहादुर अधिकारीको ( प्रहरी सहायक निरीक्षक) बाट सई (प्रहरी नायव निरीक्षक) मा बढुवा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।

उनीविरूद्ध परेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा अधिकारीले बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमा तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको हो।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा बढुवा भई सरकारी लाभ तथा सुविधा समेत लिएको भन्दै अख्तियारले उनीविरूद्ध विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

विषेश अदालत काठमाडौंले उनलाई दोषी ठशर गरेको थियो । सर्वोचचले पनि सोही ठहरलाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, तीलप्रसाद आचार्य, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको पूर्ण इजलासले उनलाइ दोषी ठहर गरेको हो । 

विषेश अदालत काठमाडौंका न्यायाधीश बासुदेव रेग्मी, द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले २०७५ चैत्र १७ मा दोषी ठहर गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर