मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त

काठमाडाैं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाण्डे नियुक्त भएका छन् ।

मंसिर ६ गते बसेको संस्थाको १६३ औं सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको संस्थाले जनाएको छ ।

यस अघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्रतिनिधि सुमित बाबु खत्री संस्थापक संस्था सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट अलग हुनु भएकोले सञ्चालकमा बस्न पाउदैनन् ।

संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

पाण्डे यसअघि पनि संस्थाको संस्थापक (प्रतिनिधि: ग्लोबल आइएमई बैंक लि.) समुहको तर्फबाट विगत ५ वर्षदेखि निरन्तर रुपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका ब्यक्ति हुन् ।

यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई पनि संचालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै संचालकमा नियुक्त भएका हुन् ।

संचालक मुलेपती सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर