हुम्लाको सर्केगाडमा माओवादीकी देवकी तिमल्सिनाकाे अग्रता

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको मतगणना सुरू भएको छ।

दिउँसोबाट सुरू भएको गाउँपालिकाको उपाध्यक्ष मतगणनामा माओवादी केन्द्रकी देवकी तिमल्सिनाले अग्रता लिएकी छिन्। उनले ७०६ मत ल्याएकी छिन्।  

कांग्रेसकी सविता बुढाले ४९३ मत ल्याएकी छन् भने एमालेकी जाना शाहीले ४७४ मत ल्याएकी छिन्।  

संगीता शाहीले २१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले ६ मत ल्याएकी छन्।  

सर्केगाडमा २०७९ मा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए। त्यतिबेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादीले जितेको थियो।

उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार चन्द्रसिंह कार्की ३,२६९ मत सहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार नन्दबहादुर रोकायाले ३३ मत ल्याएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर