• २०८१ मङ्सिर १९ बुधबार
  • Wednesday, 4 December, 2024

कीर्तिपुर अपडेटः माओवादीले एमालेलाई उछिन्यो

काठमाडौं । सबैको चासो र पर्खाईरहेको काठमाडौंको कीर्तिपुर नगरपालिकाको मतगणना चलिरहेको छ । ताजा अवस्थामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले मतान्तर बढाउँदै  अग्रता लिएका छन्।

सोमबार वडा नम्बर १ देखि ८ वडा सम्मको मतगणना गर्दा कांग्रेसका डंगोलले ५ हजार ६९३ मत ल्याएका छन् । 

दोस्रो स्थानमा भने माओवादी केन्द्र उक्लिएको छ । माओवादीले एमालेका उम्मेदवारलाई पछि पारेको हो । 

नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ३९९७  मत पाएका छन् भने दोस्रो भएको माओवादीका उम्मेदवार शिवशरण महर्जनले ४११९ मत पाएका छन्।

वडा नम्बर १ र ४ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। यहाँ यसअघि कांग्रेसकै हिरालाल महर्जन विजयी बनेका थिए। 

वडा नम्बर ४ मा पनि कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। यसअघि उनी स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीसँग पराजित भएका थिए।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर