• २०८१ मङ्सिर २० बिहीबार
  • Thursday, 5 December, 2024

दीपेन्द्रकाे अर्धशतकः सुदुरपश्चिमले दियाे १८३ रनकाे विशाल लक्ष

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्। 

एनपीएलमा अर्धशतक बनाउने दिपेन्द्र चौथो खेलाडी हुन्। उनले उनले २३ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनले २४ बलमा ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे।

सुदूरपश्चिम राेयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्ससामु जितका लागि १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

काठमाडौँमा जारी एनपीएलमा बनेको यो सर्वाधिक रनको योगफल हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रनको योगफल तयार पारेको हो।

कप्तान दीपेन्द्र सिंह ऐरी ५७ र वसन्त खत्री ४ रनमा नटआउट रहे। 

दीपेन्द्रले २३ बलमा ३ चौका र ५ छक्का मद्दतमा अर्धशतक पूरा गरे। दीपेन्द्रले २४ बलमा ३ चौका ५ छक्का सहयोगमा ५७ रन बनाए। 

छैटौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरी र इसान पाण्डेले ४७ रनको साझेदारी गरे। इसान १४ बलमा २ चौका र २ छक्का सहयोगमा ३० रन बनाउँदा रनआउट भए। 

ब्रान्डोम मुलेन ३६ रन बनाउँदै क्याच आउट हुन पुगे। २६ बलमा २ चौका र २ छक्का हानेका मुलेन बसिर अहमदको बलमा निकोसल किर्तोनको हातबाट क्याच आउट भए। 

स्कट कुग्लेजिन १० रन बनाउँदै क्याच आउट भए। 

सुदूरपश्चिमले तेस्रो विकेटका रूपमा आरिफ शेखलाई गुमायो। ५ बलमा २ चौका हानेका आरिफ बसिर अहमदको बलमा निकोलस किर्तोनको हातबाट क्याच आउट भए।

दोस्रो विकेटका रूपमा ओपनर विनोद भण्डारी २३ रन बनाउादै पेभेलियन फर्के। २० बलमा ४ चौका हानेका भण्डारी अनिल खरेलको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट हुन पुगे। ओपनर अमित श्रेष्ठ दोस्रो ओभरको अन्तिम बलमा इसमात आलमको बलमा १ रन बनाउँदै क्याच आउट भए। 

विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिए। क्रिस सोले, इस्लाम आलम र बसिर अहमदले समान एक विकेट आफ्नो नाममा गरे। 

विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर