• २०८१ मङ्सिर १९ बुधबार
  • Wednesday, 4 December, 2024

चीनले नौ अर्ब रुपैयाँ अनुदान दिने, नेपालले परियाेजना नबनाउँदा कार्यान्वयन हुनेमा शंका

बेइजिङ । चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र सी बीच बेइजिङमा मंगलबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको थियो ।

भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ताले जानकारी दिए।

उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर