सुनसरीमा २ सय १३ एमाले नेताले परित्याग गरे पार्टी 

विराटनगर । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा स्थानीय वडा पार्टीलाई बेवास्ता गरेको भन्दै सुनसरी गढी ६ नम्बर वडाका २३१ जना एमाले कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उक्त वडाका एमाले अध्यक्ष चितनारायण खेवारले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सांसद भगबती चौधरीको हैकमबादी तथा सामन्ती दासत्व प्रवृति स्वीकार्न असमर्थ छौँ भन्ने ठहर गर्दै म पार्टी वडा कमिटी अध्यक्ष लगायत वडा कमिटीका कमरेडहरु, टोल कमिटीका कमरेडहरु लगायत पार्टी संगठित सदस्यहरू सहीत २१३ जनाले पार्टी परित्याग गरेको घोषणा गर्दछौं,झ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा स्थानीय पार्टी वडा कमिटीलाई पाखा लगाउँदै निर्बाचनमा सहभागी हुने कार्य गरिएको र पार्टीको उम्मेदवारलाई विजय गराउनका निम्ति जिम्मेवारी तोकिएका जिम्मेवार व्यक्तिहरू नै चुनावमा नखटेको आरोप लगाईएको छ ।

प्रदेश सांसद रामदेव यादवले नेपाली काँग्रेसका तप्पन दास संगको आर्थिक लेनदेनको हल्ला हातीमुडामा चल्नु र पालीका उपाध्यक्ष अनिता साहले जातीको आधारमा काँग्रेसका उमेदवारको पक्षमा भोट माग्दै हिँड्नु नै एमाले पराजयको मुख्य कारण रहेको विज्ञप्तिमा जनाईएको छ ।

यस्तै पार्टीको वडा कमिटीले यस क्षेत्रको सांसद भगबती चौधरीको हैकमबादी तथा सामन्ती दासत्व प्रवृति स्वीकार्न असमर्थ रहेको कारणले पार्टी परित्याग गर्नुपरेको उल्लेख छ ।

गत १६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा गढी गाउँपालिका(६ नं। वडाको निर्वाचनमा एमालेबाट सन्तु उराँव उम्मेदवार तपन दास विजयी बनेका थिए ।

एमालेले भने सुनसरी क्षेत्र नं। ३ की प्रतिनिधि सभा सदस्य तथा केन्द्रिय समिति सदस्य कमरेड भगबती चौधरीलाई निर्वाचन परिचालन मूल समितिको संयोजक तोकेको थियो भने सुनसरी ३ख  ुका प्रदेश सभा सदस्य रामदेव यादबलाई सह संयोजक तोकेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर