एमाले मध्यपुर नगर कमिटी अध्यक्षमा नन्दकृष्ण श्रेष्ठको उम्मेदवारी

भक्तपुर । नेकपा एमालेको मध्यपुर ठिमी नगरपालिका समिति अध्यक्षमा नन्दकृष्ण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
 
एमाले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका समितिको दोस्रो अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । अधिवेशनको पूर्वसन्ध्यामा मध्यपुर नगरमा एमालेको चुनावी माहोल तातेको छ । 
 
वडा बाट प्रतिनिधि छनौट सकिए सगै उमेदवारहरूले आ—आफ्ना आंकाक्षा प्रकट गर्न थालेको छन् ।  साथै नेतृत्वले आफ्नो वर्चश्व कायम गर्न उमेदवारहरूको व्यवस्थापनमा लागेको बुझिएको छ । 
 
यसैक्रममा भक्तपुर जिल्ला मध्यपुर थिमी नगर वडा नम्बर ६ बाट प्रतिनिधित्व गरेका अधिवक्ता नन्दकृष्ण श्रेष्ठले नगरअध्यक्ष उम्मेदवारीको घोषणा गरेका हुन् ।
 
पार्टी अन्तर विरोधहरूलाई हटाउदै कुुशल योजनाका साथ मध्यमार्गीरुपमा संगठनलाई थप मजवुत बनाउने र मिसन २०८४ को लागि मिलन २०८४ को आधार बनाई जनस्तरमा एमालेको माहोल थप बनाउन बलियो नेतृव्व क्षमताको आवश्यकता रहेको भन्दै त्यसका लागि आफूले उम्मेदवारी दिएको श्रेष्ठले समाचार दैनिकसँग बताए । 
 
कानुन संकायमा एलएलएमगरी वकालत पेशामासमेत सक्रिय श्रेष्ठ नेपाल मध्यस्थता परिषदको पूर्वनिर्देशक समेत हुन ।
 
सरकारी तथा गैरसरकारी संस्थाको आहोदामा अनुभव समेत हासिल गरेका उनी नेपालमा सार्वजनिक खरिद ऐन, मध्यस्थता (आर्विट्रेसन) कानून तथा निर्माण, बाणिज्य विवादमा एक कुशलकानुन विज्ञ, सहकारी विद, अभियन्ताको रुपमा परिचित छन् । 
 
२०५४ सालको स्थानिय चुनावको परिणाम पश्चात सुसुप्त अवस्थामा रहेको साविक चपाचो गा.वि.स अन्तगतको वडाहरुमा एमालेको संगठनलाई,गतिशिल र जनस्तरमा संगठन विस्तार गर्न गरेको योगदानलाई पार्टी पङ्तिमा उच्च मुल्याङ्ककनको विषय रहदै आएको छ । 
 
अनेरास्ववियू, विधार्थी क्षेत्र लगायत जनवर्गिय सगंठनहरुको नेतृत्व सम्हालेका उनीले सक्रियताकै आधारमा मध्यपूर थिमि नगर समन्वय समितिमा २४ वर्षकै उमेरमा कान्छो नगर सदस्यको रुपमा प्रवेश पाए । उनले नगर सदस्य रहदै निरन्तर २०७४  सालको स्थानिय चुनावमा पुर्व मेयरलाई यस क्षेत्रमा स्थापित गर्नमा र निजको कार्याकायलमा योजना साकार गर्ने सम्बन्धमा अहम भुमिका रहेको स्थानीय बताउँ छन् । एमालेजनमा नन्दकृष्ण श्रेष्ठ एक सघंर्षशील कार्याकर्ताको रुपमा परिचित छन् ।
 
एमालेजनको पुराना कार्यकर्ता माझ समेत अनुभव सगाँलेका र युवा पुस्ताको प्रतिनिधित्व गर्दै उनी नयाँ म्याडेडका साथ अघि बढ्ने याेजनामा लागेकाे बताउँछन् । 
 
नगरकमिटि  अध्यक्षकाे चयन भने साच्चै नै पार्टि नेतृत्वले कार्यकर्ताको मनोभावनालाई बुझि लाेकतान्त्रिक विधि पनि प्रयाेगगरि नेतृत्व स्थापित गर्न सहयोग गर्छ कि गर्दैन भन्ने अधिवेसनबाट पुष्टि हुने कार्याकर्ताहरुमा चर्चाको बिषय बनेको छ ।
 
हाल भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सुर्यबिनायक नगरपालिका, चाँगु नारायण नगरपालिकामा नेकपाको एमालेको अधिवेसन समाप्त भएको छ ।
 
मध्यपुर थिमी नगरपालिकाको अधिवेसनको समाप्ती सँगै जिल्लाको अधिवेसनको माहोल सकिने क्रममा रहेको छ । मध्यपुर नगरमा भएको वडा अधिवेसनबाट युवापुस्ताको आगमन देखिएबाट पार्टिले परिवर्तनको आशयलाई महसुस गरेको देखिन्छ ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर