• २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024

सान्तवना जितका लागि लुम्बिनीलाई कर्णालीले दियो सामान्य लक्ष

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को शुक्रवारको पहिलो खेलमा प्रतियाेगिताबाटै बाहिरिसकेकाे लुम्बिनी लायन्सलाई कर्णाली याक्सले १२९ रनकाे सामान्य लक्ष दिएकाे छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनको सामान्य योगफल तयार गरेको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

अन्तिम ओभरमा बोसिस्टो विकास आग्रीबाट बोल्ड आउट भए । अर्जुन घर्ती २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाउदै रेमन सिमण्ड्सको बलमा आउट भए ।

ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । ओपनर बाबर तिलक राज भन्डारीको बलमा साद विन जाफरबाट समातिए । अर्का ओपनर देव खनाल ३ रन जोड्दै साद विन जाफरको बलमा पेभिलियन फर्किए । तेस्रो नम्बरमा ब्याटिङमा आएका चालडिक वाल्टन १३ रन जोड्दै तिलकराज भन्डारीको बलमा नै आउट भए ।

गुलसन झा ८ रन जोड्दै लुम्बिनीका कप्तान गुलशन झाको बलमा विकेटकिपर अर्जुन साउदबाट क्याच भए । कप्तान सोमपाल कामी २ बलमा ७ रन बनाउँदै विकास आग्रीबाट आउट भए ।

लुम्बिनीका लागि यसै खेलबाट एनपिएल डेब्यु गरेका विकास आग्रीले अन्तिम ओभरमा ३ विकेट लिए । तिलक राज भन्डारीले २ तथा साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । यस खेलमा जित निकाल्दै कर्णाली प्लेअफ सम्भावना बलियो पार्न चाहन्छ ।

पहिलो संस्करणको एनपिएलमा आफ्नो अन्तिम खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । आजै दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर