• २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024

सन्दीपको विराटनगरले कुशलकाे चितवनलाई दियो विशाल लक्ष

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो ।

विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले ३९ बलमा पूरा गरे ।

पाँचौ विकेटका लागि ओपनर मार्टिन गप्टिल र अहमदले ६५ रनको साझेदारी गरे । गप्टिलले ३५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाए‌। उनी कुशल मल्लको बलमा बोल्ड आउट भए । राजेश पुलामी मगरले नट आउट ३३ रन बनाए । उनले २० बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

छैठौं ओभरका लागि अहमद र राजेश पुलामीले ८३ रनको साझेदारी गरे । राजेशले २० बलमा नट आउट ३३ रन जोडे । विराटनगरले अतिरिक्तमा २३ रन पाएको थियो । विराटनगरले पछिल्लो ५ ओभरमा ७४ रन बनाएको थियो ।

चितवनका लागि रिजन ढकालले २ तथा बासिल हमिद, कुशल मल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए । ५ खेलमा ३ जित र २ हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ । यो खेलमा पनि जित निकालेर प्लेअफ सम्भावना बलियो बनाउँने लक्ष्यमा चितवन रहेको छ ।

५ खेलमा ४ मा हार र १ मा जितका साथ विराटनगर तालिकाको पुछारमा छ । यो खेलमा जित हात पार्दै विराटनगर प्लेअफको झिनो सम्भावना कायमै राख्न चाहान्छ । आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर