अमेरिकाको बिस्कनसिनमा साहित्य साँझ सम्पन्न
अमेरिका । संयुक्त राज्य अमेरिकाको बिस्कनसिन राज्यस्थित म्याडिसनमा रहेका नेपालीहरूको संस्था नेपाली अमेरिकी मैत्री संघ (नाफा) ले साहित्य साँझ सम्पन्न गरेको छ ।
संस्थाको १८ औं साहित्य साँझ वरिष्ठ गीतकार आनन्द अधिकारीको प्रमुख आतिथ्यता तथा नाफाका अध्यक्ष आविष्कार भारतीको सभापतित्वमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा साहित्यकार स्व. विजय मल्लकी सुपुत्रीहरू वन्दना मल्ल, सिजर्ना मल्ल र अर्चना मल्लले प्रयोजन गरेका थिए । विजय मल्ल कविता प्रतियोगिता पुरस्कार तथा समाजसेवी स्व. कृष्णदास मल्लकी सुपुत्री धन मल्लले प्रयोजन गरेकी हुन् भने नाफा बाल साहित्य पुरस्कार समेत प्रदान गरिएको थियो ।
कविता प्रतियोगिताका लागि निर्णायकहरूमा बाह्य निर्णायकको रुपमा गीतकार/कवि आनन्द अधिकारी, कवि बसन्त श्रेष्ठ र कवियत्री रीना चौधरी तथा आन्तरिक तर्फ कवि डा. हेमन्त श्रेष्ठ, कवियित्री धन मल्ल श्रेष्ठ र कवि कृष्ण सिजापती थिए ।
उक्त कार्यक्रममा २० जना सहभागीमध्ये १६ जनाले प्रतियोगितामा भाग लिनेका तर्फबाट नरेन्द्रराज रेग्मी प्रथम, संतोषी भण्डारी द्वितीय र डा. अजीत घिमिरे तृतीय स्थान हासिल गरेका थिए । २१ जना बालबालिकाहरू समेतले सरस कविता वाचन गरेको सो कार्यक्रमको सञ्चालन लेख काफले, अशिम घिमिरे र जुना रिजालले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा वरिष्ठ गीतकार आनन्द अधिकारीले आफना दुई कविता वाचन गर्नुको साथै विदेशी भुमिमा नेपाली साहित्य र संगीतको संरक्षण र प्रबधनमा प्रवाशी नेपाली समुदायले गरेको कामको खुलेर प्रसंसा गरेका थिए।
यस साहित्य साँझका संयोजकमा लेख काफले र पर्वत रेग्मी सहसंयोजक थिए ।
प्रतिकृया दिनुहोस