५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । 

चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर