अघि बढ्ने भयो नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढ्ने भएको छ । अब सरकारले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने भएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टकको लाइसेन्स दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोकेका थिए । उनले गत वर्ष २०८० को वैशाखमा ििधतोपत्र बोर्ड संचालकलाई नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि नबढाउन निर्देशन दिएका थिए ।
नयाँ स्टक एक्सेञ्जको आवश्यक हो कि होइन भन्ने विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गर्भनर चिन्तणि शिवाकोटीको नेतृत्वमा समिति समेत बनाइएको थियो ।
गत वर्षको माघ ९ गते गठन भएको शिवकोटी नेतृत्वको समितिले हालको नेपाल स्टक एक्सेञ्ज९नेप्से० लाई पुनःसंरचना गरि संचालन गर्ने र नयाँ स्टकको लाइसेन्स दिने विकल्पका साथ प्रतिवेदन समेत पेश गरेको थियो ।
अब सोही समितिले बुझाएको प्रतिवेदनकै आधारमा लाइसेन्स प्रक्रिया अघि बढाउने शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस