लोडसेडिङ हुदाँ खुसी हुनेले हल्ला फैलाए : कुलमान
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् ।
शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको साधारणसभा तथा अधिवेशनमा बोल्दै उनले लोडसेडिङ हुँदा रमाउने जमात बढिरहेको बताए । उनले उक्त जमातले नै लोडसेडिङको हल्ला फैलाएको बताए ।
उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए । उनले माथिल्लो तामाकोशी र कालीगण्डकी बन्ने वित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।
उनले व्यस्त समयमा केही मात्रै उद्योगको लाइन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्ययोगीहरु त्यही व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको बताए ।
उनले भने, ‘नेपालयको पूवाधार क्षेत्रमा ठूल-ठूला विकासका परियोजनाहरुको काम भइरहेको छ । बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठूला पूर्वाधारको विकासको अधार हो । नेपालको विद्युत क्षेत्रको ठूलो विकास हुनेवाला छ । यसका लागि ठूलो लगानी आवश्यक रहेको छ ।'
उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले तिर्नैपर्ने र त्यसको विकल्प नभएको उल्लेख गरे ।
प्रतिकृया दिनुहोस