एमाले नेतृत्व पञ्चायती शैलीको भयो– उषाकिरण तिमिल्सिना
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यबाट ६ महिनाका लागि निलम्बनमा परेकी नेतृ उषाकिरण तिमिल्सिनाले पार्टी नेतृत्व पञ्चायती शैलीको भएको टिप्पणी गरेकी छन् ।
विगतमा पञ्चायत विरुद्ध लडेको नेतृत्व पञ्चायत शैलीकै हुनु दुखद विषय भएको उनले फेसबुक मार्फत टिप्पणी गरेकी हुन् ।
'आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तरगत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्र्यक्रम सकेर भर्खर घर आईपुगेँको छु । तल्लो तहका आम कार्यकर्ता , तिनको लगाब , मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ । पंचायत बिरुद्द लडेर आउनु भएको नेतृतवगणले पंचकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।'
तिम्सिनाले सुशासनको विषयमा कुरा उठाउँदा भएको कारबाहीबाट नडराउने प्रतिक्रिया दिएकी छन्। बुधबार निलम्बनको निर्णय प्राप्त भएपछि तिम्सिनाले छोटो प्रतिक्रिया दिँदै यस्तो बताएकी हुन्।
‘पार्टीले गरेको निर्णय जहिल्यै मान्दै आइयो, यति महान् निर्णय गर्ने कमरेडहरूलाई धन्यवाद !’, उनले थपिन्, ‘किनभने उहाँहरूले कस्ताकस्ता अभियोग लागेका मान्छेहरूलाई केही गर्नुभएको छैन। हामीले त सुशासनको विषय उठाएको हो। अनि यो कारबाहीबाट डराइँदैन।’
सुशासनका पक्षमा आफ्ना आवाज उठाइरहने उनले थप प्रतिक्रिया दिइन्।
प्रतिकृया दिनुहोस