• २०८१ पौष १३ शनिबार
  • Saturday, 28 December, 2024

पोखरेलकाे दावीः भीम रावल आफै निस्कनु भएको हो 

चितवन । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व उपाध्यक्ष भीम रावल आफै पार्टीबाट निस्किएको बताएका छन् । 

आज (शुक्रबार) चितवनमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले रावललाई पार्टीले नहटाएको बताएका हुन् ।

‘पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ ?,’ उनले भने, ‘त्यसकारण रावलजीलाई हामीले निकालेको होइन उहाँ आफै निस्किएको हो ।’ 

महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने पनि बताएका छन् ।

‘नागरिकका रूपमा उहाँलाई कारबाही गर्नुपर्ने आवश्यकता छैन । उहाँ सचेत नागरिक हो । पार्टीको कार्यकर्ताको हकमा भने आफ्नो मूल्य मान्यता हुन्छन् । त्यसमा बस्न सकेन भने ऊ कसरी पार्टी सदस्य रहिरहन्छ ?,’ उनले भने । 

पोखरेलले चितवनमै भएको दशौं महाधिवेशनमा रावललाई उपाध्यक्षको जिम्मेवारी लिनुस् भन्दा नमानेको पनि बताएका छन् ।

त्यतिबेला कार्यकर्ताको भावना विपरीत उम्मेदवारी दिँदा अध्यक्षमा मात्र नभई केन्द्रीय समितिमा पनि पराजित भएको पोखरेलले बताए । 

‘हामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौं । महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौं,’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर