ओलीको चुनावी क्षेत्र झापा गौरिगञ्जमै पुगेर भण्डाफोर कार्यक्रम गर्दै प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अहिले देशभर संगठनात्मक कार्यक्रमहरु तथा सरकारविरुच भण्डाफोर अभियान चलाईरहेको छ । अध्यक्ष प्रचण्डलगायतका नेताहरु देशका विभिन्न क्षेत्रमा पुगेर कार्यक्रमहरु गरिरहेका छन् ।
अध्यक्ष प्रचण्ड भोलि सोमबार प्रधानन्त्री केपी ओलीकै गृह जिल्ला तथा निर्वाचन क्षेत्र झापाको गौरिगञ्जमा पुग्ने भएका छन् । गौरिगञ्जमा स्थानीय पार्टीले आयोजना गरेको भण्डाफोर अभियानमा अध्यक्ष सहभागि हुने नेता रञ्जित तामाङले जानकारी दिए ।
प्रचण्डले गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन सम्बोधन गर्ने उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्ने गौरीगञ्जमा प्रचण्डले ठूलो संख्यामा पार्टी प्रवेश गराउने बताइएको छ ।
शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको निर्वाचन क्षेत्रबाट हजार जनाभन्दा बढीलाई पार्टीमा प्रवेश गराउने उद्घोष गरिसकेका थिए ।
‘देशैभरी माओवादीमा एकताबद्ध हुने, समायोजन हुने लहर चलेको छ । पर्सी म झापा जाँदै छु। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ,’ कञ्चनपुरको पुनर्वासमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भनेका थिए ।
प्रतिकृया दिनुहोस