• २०८१ पौष १८ बिहीबार
  • Thursday, 2 January, 2025

 नेपाल आईरहने अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधन

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ।

मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ।​ 

कार्टरले १९७७ देखि १९८१ सम्म ३९औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । कार्टरलाई अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा लिने गरिएको छ।  

कार्टरको निधनप्रति नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिङ्गो अमेरिका कार्टरप्रति ऋणि रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। यस्तै, कार्टरलाई सम्झिँदै पूर्वराष्ट्रपति बिल क्लिन्टनले कार्टर अरुको सेवाका लागि जीउने मान्छे भएको बताएका छन्।​

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जिमी कार्टरलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

कार्टर पटक पटक नेपालमासमेत आएका छन् । कार्टर सेन्टरले नेपालमा निर्वाचन पर्यवेक्षणसमेत गर्ने गरेकाे छ । 

राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि पनि उनले कार्टर सेन्टरको नामबाट नेपालसहित विभिन्न देशहरूमा सामाजिक कामहरू गर्दै आएका थिए।

गत वर्षको नोभेम्बर १९ मा उनकी श्रीमती रोजालिना कार्टरको निधन भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर