बैंकका संचालकहरू पनि चुनाव भिड्दै, उपाध्याय र गोयल आमनेसामने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले शुक्रवार नयाँ नेतृत्व चयन गर्दैछ । संस्थाको पाँचौैं वार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयन हुनेछ ।

वर्तमान अध्यक्ष उपेन्द्र पौड्यालको नेतृत्वमै नयाँ कार्यसमिति बन्ने लगभग निश्चित भएको छ । यद्येपी भोली उम्मेदवारको मनोनयन गर्ने समय रहेकाले कुन कुन पदमा निर्वाचन हुँदैछ भन्ने यकिन हुन सकेको छैन । 

हाल सिविफिनको अध्यक्ष रहेका पौड्याल आधा कार्यकाल मात्र अध्यक्ष चलाएकोले दोहोरिन चाहेको बताएका छन् । पौड्यालले भने ‘म पवन गोयलले बिचमा छाडेपछि बाँकी कार्यकाल नेतृत्व दिएकाले फेरी एक कार्यकाल पुरा काम गर्ने इच्छा छ । ’ 

संस्थामा अध्यक्ष वाणिज्य बैंकका सञ्चालकबाट चयन हुन्छ भने वरिष्ठ उपाध्यक्षमा विकास बैंकहरुको तर्फबाट नेतृत्व चयन हुने गरेको छ । त्यही वरिष्ठ उपाध्यक्षमा भने निर्वाचन हुन सक्ने सम्भावना रहेको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष राजेश उपाध्याय दोहोरिने तयारीमा छन् । उनलाई सर्वसम्मत हुन नदिन वर्तमान कार्यसमिति सदस्य महेन्द्रकुमार गोयलले पनि आफूलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार भन्दै मत मागीरहेको एक बैंकको अध्यक्षले बताए । उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्ष हुन भने गोयल एक्सल डेभलपमेन्ट बैंकको अध्यक्ष रहेका छन् । 

सबै बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालक सहभागी यस संस्थालाई ‘साहुजीहरूको क्लब’ भन्दा पनि हुन्छ । नयाँ समितिको कार्यकाल भने दुई वर्षको हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर