बाढीपहिरोको १२ अर्ब ८६ करोड बीमा दावी

काठमाडौं । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार ३३१ रुपैयाँ बराबरको बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कूल ३ हजार ६८६ वटा दावीको आवेदन परेको छ ।

सोमध्ये हालसम्म १ हजार ८०९ वटा दावीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार १५४ रुपैयाँ बराबर भुक्तानी भएको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमामा १ हजार ७७४ वटा दावी परेको छ । ९ अर्ब २२ करोड २५ लाख ५६ हजार २२८ बराबरको दावी सम्पत्ति बीमामा परेको छ ।

यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा ३२४ वटा दावी परेको छ । त्यसमा २ अर्ब ८४ करोड १९ लाख २६ हजार ५९२ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ । मोटर बीमा निजीतर्फ ९५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ ।

मोटर बीमा सार्वजनिकतर्फ ३९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा ४ करोड ४ लाख ९७ हजार रुपैयाँ बराबरको रकम माग भएको छ ।

पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा ३ करोड ८२ लाख ५५ हजार २६७ रुपैयाँ बराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ १३७ वटा आवेदन पर्दा १ करोड ५ लाख ९१ हजार ६९५ रुपैयाँ बराबरको माग दावी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार ७६७ रुपैयाँ बराबरको माग दावी भएको छ ।

प्राधिकरणका अनुसार कोशीमा २६७ दावी परेकामा १५८ वटाको भुक्तानी भएको छ । मधेशमा १०८ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा ३ हजार २१३ माग दावी रहेकामा १ हजार ५८५ वटाको बभुक्तानी भएको छ ।

गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा ८ वटा आवेदन पर्दा ४ वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा ६ वटा आवेदन पर्दा ३ वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर