एमाले सांसद पोखरेलका पीएविरुद्ध पनि पक्राउ पुर्जी जारी 

काठमाडौं । यस अघि श्रीमतीकाविरूद्ध पक्राउ पुर्जी जारी भएका र सहकारी गठीकाे अभियाेगमा नेकपा एमालेका सांसद, सार्वजनिक लेखा समितिका सभापतिका श्रीमती फरार छिन् । अहिले फेरि उनका पीएलाइ प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे छ । 

मोरङ जिल्ला अदालतले मोरङ प्रहरीलाई सोमबार पोखरेललाई पक्राउ गर्न अनुमति दिएको हो । 

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको इकान्तिपुरलाई बताए । पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ ।

एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टलमा राख्ने वातावरण बनाइदिने आश्वासन दिएर अनिलले सप्तरीका बौआलाल चौधरीबाट २०७१ देखि ०७३ का बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार लिएको आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर