केन्द्रीय समिति बैठकमा बस्नेतले राखे १७ प्रस्ताव
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेता सुरेन्द्र बस्नेतले विभिन्न विषयका १७ सुझाव राखेका छन् । तीन मिनेटकाे समय निर्धारण गरिएकाे अवधिमा उनले जेन-जी पुस्ता केन्द्रित पार्टी अभियान चलाउनेदेिख पार्टी कार्यालयनै अत्याधुनिक बनाउन प्रस्ताव गरेका हुन् ।
काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य बस्नेतले भने, ‘सन् १९९७ देखि २०१२ सम्म जन्मिएका जेन-जेड पुस्ता जो समाज हैन सञ्जाल हेरेर धारणा बनाउँछन् उनीहरू केन्द्रित विशेष अभियान चलाऔं । सुरूवातमा सातै प्रदेशमा अध्यक्ष प्रचण्डसँग जेन-जेड पुस्ता साक्षात्कार कार्यक्रम राखौं।’
उनले विदेशबाट फर्किएका युवाहरू लक्षित कार्यक्रम ल्याउन पनि बैठकमा प्रस्ताव गरेका छन्।
‘अहिले दैनिक २ हजार युवा बाहिरिने, दैनिक करिव १२ सय युवा फर्कने गरेको तथ्यांक छ,’ बस्नेतले भने, ‘६० लाख युवा देश बाहिर छन्। ती युवाहरू र त्यसबाट आश्रित जनसंख्यालाई तिनले पार्ने प्रभावको विश्लेषण सहित प्रवास, युवा र रिटर्नी जोडेर अभियान चलाऔं।’
उनले हप्तामा १ दिन अध्यक्ष प्रचण्डले १ स्थानीय तहका जनप्रतिनिधि र १ पार्टी कमिटी प्रमुखसँग भर्चुअल वा टेलिफोनबाट १० मिनेट उर्जा संवाद गर्नुपर्ने पनि बताएका छन्।
'प्रचण्डपथ पदावली छाडेर मात्र हामी कमजोर भएको हैनौं । वरु प्रचण्डको डायनमिक विचार , नेतृत्व , खटाई , पहलकदमी र दिशानिर्देश छाडेर , नसमातेर वा संगसंगै नहिडेर चाहि कमजोर भएका हौं, उनले तर्क गरे, " समाजवादको नेपाली वाटो" कहां पुग्यो ? यसलाई अझ समृद्ध र परिस्कृत गर्दै ब्रान्डिङ् गरौं।'
'संघ, प्रदेश र पालिका जस्ता राजकीय निकायहरुमा फागुन १ लाई वलिदान दिवसको रुपमा मनाउने निर्णय गरौं । वलिदान दिवसभित्र नै जनयुद्धलाई उत्सवको रुपमा मनाऔ| पटकपटक जनयुद्धलाई अदालतवाट अस्विकृत नगराऔ। गणतन्त्रका उपलब्धि र राजतन्त्रका दुर्गति छ्याङ्ग हुने तथा माओवादी नेतृत्वमा भएका उल्लेखनीय कामको हाते पुस्तक , डिजिटल सामाग्री , भिडियो सामाग्री जनजनमा ब्यापक वनाऔं,' उनले प्रस्ताव गरे ।
'वार्षिक ६६ हजार युवाले आइटि सेवा निर्यात् गरेर ६७ अर्व रुपैया भित्रयाइरहेको छ। आइटी दशकलाई अभुतपुर्व वनाऔ| पार्टीमा वित्तिय साक्षरता र उद्यमशीलता अभियान चलाऔ,' बस्ननेतले बैठकमा भने ।
प्रतिकृया दिनुहोस