• २०८१ पौष २५ बिहीबार
  • Thursday, 9 January, 2025

श्रीमानसँग झगडा भएपछि दुई नावालक छोरीको हत्या गर्ने आमा पक्राउ

सल्यान । सल्यानमा आफ्नै दुई छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छिन् । 

बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले जानकारी दिए ।

दुई बालिका घरमै मृत भेटिएका थिए । बिहान १० बजेतिर छिमेकीले दुई जना बालिकाको शव घरभित्रै रहेको खबर गरेपछि प्रहरी पुगेको थियो । उनले श्रीमान टेकमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बयानमा बताएकी छन् । 

उनका श्रीमान कामको शिलशिलामा नुवाकोटमा छन् । बुधबार बिहान साढे १० बजेतिर उनले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । त्यही क्रममा उनीहरूबीच झगडा भएको उनले बताइन् ।

‘कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो । त्यसपछि मैले रिसको झोंकमा उनीहरूको हत्या गरें । उनीहरूलाई पनि मार्ने र आफू पनि मर्ने भन्दै पहिला बच्चालाई मारें । तर आफू मर्न भने सकिनँ,’ उनले बयानमा भनेकी छन्। 

उनका श्रीमान नुवाकोटबाट आउँदै गरेको प्रहरीले जनाएको छ । पूर्णिमा मानसिक रुपमा ठीकठाक रहेको प्रहरीले जनाएको छ । बालिकाहरुको शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर