• २०८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025

संसदीय समितिमा सुवाल र यादवबीच झण्डै हात हालाहाल’

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबिच भनाभन भएको छ । भनाभनले उग्ररूप लिंदा झण्डै हात हालाहालकाे अवस्था सृजना भएकाे छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । 

सुरूमा सभापति यादवले नै सांसद सुवालप्रति राेश देखाए । सुवालले अाैंला उठाएर बाेलेकाे भन्दै यादव रूष्ट बनेर प्रस्तुत भए । नेमकिपाका सांसद सुवालले पनि सवालकाे जवाफ लगाए । सो क्रममा भनाभन भएको हो ।

सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढङ्गले नौटङ्की गर्ने भन्दै सुवाललाई हप्काएका थिए । सुवालले समितिका सभापति निरंशुक ढङ्गले चल्न नहुने बताइरहँदा सभापति यादवले भने निरंशुक बन्ने भन्दै जवाफ फकाएका थिए । 

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए ।  

यसअघि समितिमा माओवादी सांसद सुदन किरातीसँग पनि सभापति यादवको भनाभन भएको थियो । त्यतिबेला सांसद किरातीले बैठक नै छाेडेर हिडेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर