उच्चस्तरीय कार्यदल वनाएर मधेसको समस्या हल गर्नुपर्छ: रजक
काठाडौं। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य घनश्यामप्रसाद रजकले पार्टीको मधेस समस्या समाधानका लागि उच्च सतरीय कार्यदल वनाउन माग गरेका छन्। नेता रजकले मधेसमा विद्यमान गुटवन्दी र अकर्मण्यता हल गर्न पार्टी केन्द्रले विशेष कार्यदल वनाउनुपर्नेमा जोड दिएका छन्।
माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छैठ्ठौं पुर्ण वैठकमा वोल्दै युवा नेता रजकले भने-" पार्टीमा मधेसको समस्या निकै जेलिएर आयो, यसको अविलम्ब समाधान गर्नुपर्यो।" रजकले जनसङ्ख्याको ठुलो हिस्सा ओगट्ने मधेसमा पार्टी कामलाई विशेष प्राथामिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
नेता रजकले पार्टीले डाटाको आधारमा आफ्नो कार्यक्रम र कार्ययोजना वनाउनुपर्ने जिकिर गरे। वैठकमा रजकले भने-" हरेक पार्टी सदस्यले पार्टीको पक्षमा दैनिक एउटा स्टाटस् सामाजिक सञ्जालमा लेख्नुपर्छ।" रजकले जनयुद्धमा प्रत्यक्ष सामेल नभएको नयां पुस्तालाई पार्टीमा जोड्न विशेष कार्यक्रम ल्याउन माग गरेका थिए।
पौष २१गते शुरु भएको वैठक तिनदिनसम्म चलेको थियो। वैठकमा ११७ जनाले वोलेर र अन्यले लिखित सुझाव दिएका थिए। छलफल पश्चात् ३० पृष्ठको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ।
प्रतिकृया दिनुहोस