सिन्धुपाल्चोक तातोपानी नाका २० दिन बन्द हुने

सिन्धुपाल्चोक । बाढीले बगाएको भोटेकोशी गाउँपालिका–२ लिपिङमा बेलिब्रिज जडान गर्न तातोपानी नाका बन्द गरिने भएको छ । नेपाली र चिनियाँ अधिकारीबीच भएको अनौपचारिक छलफलअनुरूप माघ ६ देखि २५ सम्म नाका बन्द गर्ने तयारी गरिएको हो । 

झन्डै १५/२० दिन नाका बन्द हुने समय तालिका बनाइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । ‘चिनियाँ ल्होसार पर्वर् आसपास चीनमा पनि सरकारी बिदा हुन्छ, त्यतिखेर नाका बन्द गर्दार् दुवैतर्फ व्यापारमा असर कम पर्छ,’ उनले भने । जनवरी २९ मा चिनियाँ नयाँ वर्षर् प्रारम्भ हुन्छ । त्यति बेला १५ दिनसम्म तिब्बती ल्होसार मनाउने चलन छ । त्यही मौका छोपेर नाका बन्द गर्ने नेपाल पक्षले तयारी गरेको छ ।

अहिले ह्युमपाइप राखेर लिपिङ र लार्चार्मा सडक जोडेर चलाइएको चरिकोट सडक डिभिजन कार्यार्लय प्रमुख अमित श्रेष्ठले बताए । ‘गत असोजमा लिपिङ खोला र भोटेकोशीको बाढीले यहाँको मोटरेबल पुल, बेलिबिज्र बगाएको थियो, लार्चार्मा सडक यथावत् छ, लिपिङमा बेलिब्रिज जडान गर्न लागिएको हो,’ उनले भने । नाका जोड्ने वैकल्पिक सडक नभएकाले स्थलमार्ग बन्द गर्नुबाहेक अरू उपाय नभएको प्रमुख श्रेष्ठको भनाइ छ ।

चिनियाँ कन्टेनर व्यवसायीले ल्होसार आसपास सामान क्यारिङ नगर्नर् सूचना जारी गर्ने तयारी गरिरहेका छन् । यसबारे ट्रान्सपोर्टर् र व्यापारिक केन्द्रलाई सरकारमार्फर्त निर्देशन गरिसकेको व्यवसायीले जनाएको छन् । भूकम्प, परकम्प र बाढीपहिरोपछि नाका खुलाउन पहल भइरहेका बेला २०७३ असार २१ मा भोटेकोशीको बाढीले सडक र सीमाका ८० वटा घर बगाएर कोदारी राजमार्ग तहसनहस बनेको थियो ।

२०७४ सालमा चिनियाँ कम्पनीद्वारा निर्मित लार्चाको मोटरबेल सुक्खा पहिरोले थुनिएर भोटेकोशी नदीमा बगेको थियो । त्यसलगत्तै केही समयपछि बेलिब्रिज जडान गरिएको थियो । यसअघिका बर्खामा क्षति मात्रै भइरहेको लिपिङ बजार जोड्ने लिपिङ पुल गत असोजमा लिपिङ खोलामा आएको बाढीले पूरै बगाएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर