रियललाई स्तभ्द पार्दै बार्सिलोनाले जित्यो सुपरकाेपाको उपाधि
काठमाडौं । पहिलो हाफमा नै चिर प्रतिद्धन्दी रियल मड्रिड विरुद्ध ४ गोल हानेर जितको संकेत गरिसकेको बार्सिलोनाले अन्तिम परिणाम पनि सोही अनुसार निकाल्यो ।
अझ पहिलो हाफको सुरुवाती ५ मिनेटमा नै गोल खाएर पछि परेको अवस्थामा उसले कमब्याक जित निकालेको हो ।
बार्साको जितका लागि सुरुवाती आशा भने उनै युवा स्टार लामिन यामलले २२ मिनेटमा आकर्षक गोलबाट गरेका थिए । बार्साका लागि लेवान्डाेस्कीले ३६ मिनेटमा लेवान्डाेस्कीले पेनाल्टीबाट गरे ।
दाेस्राे हाफमा दुवैले एक एक गाेल थपे । र जित बार्सिलोनाकाे हातमा पुग्याे ।
गएराती सम्पन्न फाइनलमा रियल म्याड्रिडमाथि शानदार ५-२ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।
बार्सिलोनाले एल क्लासिको जित्नेक्रममा ब्राजिलियन स्टार राफिन्हाले २ गोल गरेका थिए भने लामीन यमल, रोबेर्ट लेवानडोस्की, अलेजान्द्रो बाल्डले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पेले ५ र रोड्रीगोले ६० मिनेटमा एक गोल गरेका थिए ।
यस खेलमा बार्सिलोनाका गोलकिपर वोजेक स्जोजेन्सीले खेलको ५६औं मिनेटमा रातो कार्ड पायेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
योसहित बार्सिलोनाले सबैभन्दा बढी १५ पटक स्पेनिस सुपर कोपाको उपाधि जितेको छ । त्यस्तै रियल म्याड्रिडले भने १३ पटक यो उपाधि जितेको छ ।
प्रतिकृया दिनुहोस