६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडाैं जिल्ला अदालतबाट पनि रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका थिए ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो ।
थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो ।
योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।
यस अघि उनी कास्की जिल्ला अदालतबाट ६५ लाख धराैटी बुझाएर रिहा भएका थिए ।
प्रतिकृया दिनुहोस