• २०८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025

१८ माघदेखि संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले बैठक बोलाउनुअघि सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले सभामुख घिमिरेसँग संसद अधिवेशन बोलाउने र संसदमा के कस्ता बिजनेस दिन सकिने विषयमा छलफल गरेका थिए।

संसद बैठक नबस्दा विपक्षी दलहरूले सरकारलाई दबाब दिँदै आएको थियो । संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले संयुक्त वक्तव्य जारी गरेर सरकारको आलोचना गरेको थियो । छिट्टै संसद बैठक नबोलाइए विशेष अधिवेशन आह्वानको प्रक्रियामा जाने चेतावनी पनि विपक्षीले दिको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर