• २०८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025

ट्रम्पले लिए सपथः मेक्सिकोसँगको सीमामा संकटकाल लगाउने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्। 

सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले २०१९ मा पनि सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए। साथै ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताएका छन्।  ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा क्याच र रिलिजको अन्त्य गर्ने बताएका छन्। यो आप्रवासीहरूलाई अदालतमा मुद्दा पर्खन राष्ट्रमा रिहा गर्ने सन्दर्भमा उल्लेख छ।

उनले ट्रम्पले आप्रवासीहरुलाई एसाइलम कुर्न मेक्सिकोमा रहनुपर्ने रिमेन इन मेक्सिको नीतिलाई पुनर्स्थापित गर्ने बताएका छन्, जसले आप्रवासीहरूलाई उनीहरूको अध्यागमन मुद्दाको मितिसम्म मेक्सिकोमा पर्खन बाध्य तुल्याउनेछ। 

उनले पहिलो चरणमा बाइडेन शासनकालका ७८ कार्यकारी आदेशहरू रद्द गरेका छन्।

ट्रम्पले एरिनामा हस्ताक्षर गरेका अन्य आदेशहरूमा नियामक स्थगन रहेको छ, जस अनुशार ट्रम्प प्रशासनले पूर्ण रूपमा सरकारको नियन्त्रण नलिएसम्म अधिकारीहरूले कुनै नयाँ नियम जारी गर्न पाउनेछैनन्। 

संघीय कर्मचारीहरू पूर्णकालीन काममा फर्कनुपर्नेछ। रिमोट तरिकाले काम गर्दै आएका सबै संघीय कर्मचारीहरू तत्काल पूर्णकालीनरुपमा कार्यालयमा फर्कनुपर्ने कार्यकारी आदेश ट्रम्पले जारी गरेका छन्। 

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि यो सम्झौताबाट बाहिरिएका थिए, तर बाइडेनले अमेरिकालाई पुनः सम्झौतामा सामेल गराएका थिए। ट्रम्पले संयुक्त राष्ट्रसंघलाई सम्झौताबाट फिर्ता हुने पत्रमा पनि हस्ताक्षर गरेका छन्।

यस्चै ह्वाइट हाउसको आधिकारिक वेबसाइटले राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथ लिए लगत्तै विवरणहरु परिवर्तन गरेको छ। लेआउटमा अमेरिका इज ब्याक लेखिएको छ। 

वेबसाइटमा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, प्रथम महिला मेलानिया ट्रम्प र नयाँ मन्त्रिपरिषद्का सदस्यहरूको जीवनी समावेश छ।

साथै नयाँ प्रशासनका प्राथमिकताहरू उल्लेख गरिएका छन्, जसमा महँगी अन्त्य गर्दै लागत घटाउने, अमेरिकी कामदारहरूका लागि कर कटौती, अमेरिकाको सीमाहरू सुरक्षित गर्ने, अमेरिकी ऊर्जा वर्चस्व र अमेरिकी सहरहरूलाई पुनः सुरक्षित बनाउने समावेश छन्।

नेपाली समयअनुसार राति १०ः४५ बजे भएको समारोहमा ट्रम्पसँगै जेडी भान्सले अमेरिकाको ५० औं उपराष्ट्रपतिको शपथ लिए । भान्सलाई भने न्यायाधीश ब्रेट काभानोले शपथ दिलाएका हुन् ।

सामान्यतः शपथ समारोह क्यापिटल हिलको बाहिर हुने भए पनि यस पटक अत्यधिक चिसोका कारण भवनभित्र गरिएको हो । यसअघि सन् १९८५ मा रोनाल्ड रेगनको शपथ समारोह पनि क्यापिटल हिलभित्र गरिएको थियो ।

शपथपछि ट्रम्पले अमेरिकामा ‘आत्मविश्वास पुनःस्थापना’ गर्नुपर्ने बताए । ‘अमेरिकाको स्वर्ण युग सुरु भएको’ बताउँदै उनले आफ्नो नेतृत्वमा ‘अमेरिका फस्टाउने र सम्मानित हुने’ दाबी गरे । ‘हामी राष्ट्रिय सफलताको रोमाञ्चक नयाँ युगको सुरुवातमा रहेको बारे म विश्वस्त र आशावादी छु, परिवर्तनको उभारले देशलाई व्यापक बनाएको छ,’ ट्रम्पले भनेका छन् ।

उनले इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गर्दै आफू शान्तिकामी भएको दाबी गरे । ट्रम्पको शपथ समारोहमा पूर्वराष्ट्रपतिहरू, नेताहरू र प्रभावशाली अर्बपतिहरू इलन मस्क र जेफ बेजोसलगायत उपस्थित थिए ।

शपथग्रहण समारोहका लागि करिब २ लाख समर्थकहरू वासिङ्टन पुगेका थिए । समारोहमा अमेरिकन आइडल विजेता तथा गायिका क्यारी अन्डरवुडले ‘अमेरिका द ब्युटिफुल’ गीत प्रस्तुत गरेकी थिइन् । अमेरिकी डिस्को समूह ‘द भिलेज पिपुल’ ले पनि कार्यक्रममा प्रस्तुति दिने घोषणा गरेको छ । 

चुनावी अभियानका बेला ट्रम्पले आफ्ना र्‍यालीहरूमा उक्त समूहका वाईएमसीए र माचो म्यान गीतहरू बजाएका थिए । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पका लामो समयदेखि मित्र र सहकर्मी गायिका ली ग्रीनउड र ओपेरा गायक क्रिस्टोफर माचियोले पनि प्रस्तुति दिएका थिए ।

पद तथा गोपनीयताको शपथ लिएसँगै ट्रम्प र भान्स दुवैले अध्यागमनलगायतका २ सय वटा कार्यकारी आदेश जारी गरेका छन् । ती आदेशहरूमा आप्रवासन तथा सीमा, व्यापार तथा अर्थतन्त्र, जलवायु र ऊर्जा, लिखतहरूको गोप्यता, विदेश नीति, गर्भपतन, टिकटकलगायतका मुद्दा समावेश रहेका बीबीसीले जनाएको छ ।

ट्रम्पले आफूले जारी गरेका ऐतिहासिक कार्यकारी आदेशहरूले अमेरिकाको पूर्ण पुनःस्थापना र क्रान्तिको सुरुवात हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर