• २०८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025

'यो सरकार २०८४ को चुनावसम्मै गइदिए हुन्थ्यो'

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पारेका छन् ।

चितवनमा मंगलबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए ।

अध्यक्ष दाहालले भने, 'अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरैचोटि भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।'

आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताए । माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर