पुर्वसांसद शाहले छोडे उपेन्द्रकाे जसपा  

जनकपुरधाम । सर्लाही क्षेत्र नं.१ का पूर्वप्रतिनिधिसभा सदस्य प्रमोद साहले जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका छन् । 

साहले बिहीबार बिहान समाजिक सञ्जालमा प्रेस विज्ञप्ति जारी गरी जसपा नेपाल छाडेको घोषणा गरेका हुन् ।

गएको असारमा प्रदेश राजधानी जनकपुरधाममा सम्पन्न पार्टीको महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका साहले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्वाचन नै नगराई आफूखुसी पदाधिकारी नियुक्त गरेको र आफूले जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

साहले २७ वर्षको मधेश केन्द्रीत राजनीतियात्रापछि राजीनामा दिएको बताएका छन् । सर्लाहीमा जसपा नेपालका नेताले एकपछि अर्को गर्दै राजीनामा दिइरहेका छन् । 

उनले लेखेका छन्, '२०६० सालमा नेपाल सदभावना पार्टीको जिल्ला सचिव,२०६५ सालमा जिल्ला अध्यक्ष एवं २०७० सालमा केन्द्रिय सदस्य भई संविधान सभा चुनाव उठदा निकटतम प्रतिद्वन्द्वी भइयो ।२०७४ सालमा प्रतिनिधि सभाको चुनाव सर्लाहीको क्षेत्र नम्बर १ बाट लडियो ।निर्वाचन क्षेत्रमा आफ्नो घर नहुँदा पनि यस क्षेत्रको जनताको अपार मिहिनेत,परिश्रम,सहयोग, माया र आशीर्वादले निर्वाचित भइयो । आफू निर्वाचित भए पश्चात् क्षेत्रको सर्वाङ्गिन विकासको कार्यमा इमान्दारी पूर्वक सक्दो सहयोग गरेको कुरा आम जनता सामु सर्वविदित नै छ । तत पश्चात २०७९ सालमा जनता समाजवादी पार्टी नेपालबाट चुनाव उठदा पराजित भए तर निरन्तर रुपमा आफ्नो क्षेत्र एवं जिल्लाको जनता सामु रहि दैनिक रुपमा आई पर्ने पिडा अर्थात हरेक दु:ख सुखमा सहयोग गरि रहेको छु ।
यसै वर्ष अषाढमा जनता समाजवादी पार्टी नेपालको जनकपुरधाममा भएको महाधिवेशन हुँदा आफू पनि सचिव पदको उम्मेदवारी गरेको थिए तर पार्टी नेतृत्वको कारण चुनाव हुन सकेन र सवै अधिकार केन्द्रिय अध्यक्षमा निहित गरियो ।तत पश्चात् केन्द्रिय अध्यक्ष ज्युबाट आफ्नो मन पर्ने व्यक्तिहरुलाई पदाधिकारी एवं कार्यकारिणीमा नियुक्त गरियो । सर्लाही जिल्ला यी पदहरुबाट वंचित रहयो अर्थात हामी कतै अटाएनौं । यो कुराको विरुद्धमा म बोल्दै रहे ।यसले गर्दा सर्लाही जिल्लाको संगठन विस्तारको कार्य अबरुद्ध हुँदै गयो ।जसको बारेमा केन्द्रिय अध्यक्ष,प्रदेश अध्यक्ष एवं प्रदेश इन्चार्जहरु समेतलाई बारम्बार जानकारी गराउदै रहे तर पनि कुनै किसिमको सुनवाइ भएन साथै मधेश राजनीतिको मूलभूत सिद्धान्त मुल्य मान्यतालाई समेत बिर्सदै गएको हुँदा आज मिति २०८१/१०/१७ गते बाट आफुले सम्हाल्दै आएको केन्द्रिय सदस्य, संगठन बिभाग र पार्टीको सधारण सदस्य समेतबाट २७ वर्षको मधेश केन्द्रित राजनीतिको लामो यात्रा पश्चात् पहिलो पल्ट राजीनामा गर्दछु । यस २७ वर्षको राजनैतिक यात्रामा मलाई असाध्यै माया,ममता, सहयोग र समर्थन गर्नु हुने सम्पुर्ण इस्ट,मित्र, शुभचिन्तक एवं शुभेच्छुकहरुमा हृदय देखि अभार तथा धन्यवाद र अगामी दिनको यात्राको लागि यहाँहरुको अमुल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद ।'

केही दिनअघि मात्रै जिल्ला अध्यक्ष वीरेन्द्र यादवसहित दर्जनौं नेता,कार्यकर्ताले सामूहिकरुपमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर