जिल्लामा हाजिर नै नभई एसपी कार्की बस्नेतकोमा पुगेपछि सिन्धुपाल्चोकका माओवादी रुष्ट

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा माओवादी केन्द्र र नेपाली कांग्रेसले संघका दुई क्षेत्र मध्ये एक–एक  जितेका हुन् । नेकपा एमाले पनि सिन्धुपाल्चोकमा कमजोर भने छैन । जिल्लामा प्रायः त्रिपक्षीय प्रतिस्पर्धा नै हुने गरेको छ । 

यस्तो प्रतिस्पर्धा चुनावमा मात्रै होईन जिल्लाका समग्र कार्यक्रममा पनि हुने गर्दछ । त्यसैले जिल्लाका तीनै पार्टीका नेताहरु आफ्नो बाहुल्य कायम गर्न प्रकाशसनिक देखि प्रहरी नेतृत्वसम्म आफ्नो पक्षको वा आफूले भनेको मान्ने लैजान खोज्दछन् । त्यति नसके आफूहरुसँग समन्वय गरेर काम गरोस भन्ने उनीहरुको चाहाना हुन्छ । 

जिल्ला हाँक्न जाने जो सुकैले पनि सिन्धुपाल्चोकको यो अवस्था बुझेर समन्वय गर्न सकेन भने सफल हुनै सक्दैन ।  तर हालै सिन्धुपाल्चोक सरुवा भएर पुगेका नेपाल प्रहरीका एसपी रामेश्वर कार्कीको व्यवहार भने फरक देखियो । 

उनी सरुवा भएर पदभार ग्रहण गर्नै नपाई नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको घरमा पुगेर माला लगाउन थाले । पुराना प्रहरी प्रशासक भएपनि सिन्धुपाल्चोक जिल्ला जानुअघि उनले देखाएको यस्तो हर्कतले उनकै ब्याची पनि छक्क परेका छन् । 

सिन्धुपाल्चोक जिल्लाका संघीय सांसद माओवादी युवा नेता माधव सापकोटालगायतलाई त यसले सहज बनाउने कुरै भएन । किन भने सापकोटा र बस्नेतबीच सार्वजनिक रुपमै तिखो कटाक्ष हुने गरेको छ । 

सिन्धुपाल्चोकबाट त्यहाँ कार्यरत एसपी सन्तोष खड्काको बढुवा भएपछि खाली भएको थियो । उनको ठाउँमा केही दिनअघि  काठमाडौंमा कार्यरत रामेश्वर कार्की सरुवा भए ।

तर, उनी कार्यक्षेत्र नजाँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्वर २ का सांसद मोहनबहादुर बस्नेतको निवासमा पुगेर आशीर्वाद लिएको तस्वीर सामाजिक सञ्जालमा व्यापक भएको छ ।

नेपाली काँग्रेसका एक कार्यकर्ता रामकुमार थापाले फेसबुकमा हालेको तस्वीरमा एसपी कार्की खादा लगाएर उभिएको देखिन्छ ।

थापाले फेसबुकमा मोहन बस्नेतको सिफारिस र समन्वयमा एसपी कार्की सिन्धुपाल्चोक सरुवा भएको उल्लेख गरेका छन् । उनको फेसबुकमा अधिकांशले एउटा नेताको सिफारिसमा जिल्ला जाने प्रहरी अधिकृतले कस्तो काम गर्लान् भनेर प्रतिक्रिया लेखेका छन् ।

११ माघ, २०८१ मा भएको १७ एसपीको सरुवा भएको थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर