पूजाको अर्धशतक नेपालले नेदरल्यान्डसलाई दियो १४६ रनको लक्ष
![](https://samachardainik.com/uploads/news/images/puja-mahato-pooja-mahato-12302025-02-05-01-36-59.jpeg)
काठमाडौं । त्रिकोणात्मक महिला ट्वान्टी २० क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध विस्फोटक ब्याटिङ गरेको छ । जारी सेरिजमा लगातार हारको सामना गरिरहेको नेपालले आज तुलनात्मक रुपमा बलियो प्रदर्शन गरेको छ ।
नेपालले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १४५ रन बनाएको छ ।
आजको खेलमा पूजा महतोले अर्धशत पूरा गरेकी छन् । उनले ५१ बलमा ५ चौकासहित ६२ रन हानेकी छन् । कप्तान इन्दु बर्माले ५ चौकासहित ३७ बलमा ३९, रुविना क्षेत्रीले १७ बलमा २० रन हानिन् ।
नेपाल विरुद्ध आइरिस विलिङले २, क्यारोलिङ र हेथरले एक एक विकेट लिए ।
पहिलो जितको खोजीमा नेपालले अहिले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो ।
नेपाली टोलीमा एलिसा कुमारी यादवको स्थानमा सीता रानामगरलाई ल्याइएको छ । एलिसाको स्थानमा रोमा थापाले विकेटकिपिङको जिम्मेवारी सम्हाल्ने छिन् ।
नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा सीताले ५ विकेट लिनुका साथै अविजित १० रन बनाएकी थिइन् । तर उनलाई थाइल्यान्डविरुद्ध मंगलबारको खेलमा प्लेइङ ११ मा राखिएको थिएन् ।
तीन राष्ट्र सम्मिलित यस शृंखलामा नेपाल पहिलो चार खेलमा पराजित भइसकेको छ । नेदरल्यान्ड्सले नेपालविरुद्ध यस शृंखलाका दुई खेलमा क्रमशः २० र १५ रनको विजय हात पारेको थियो । तर नेदरल्यान्ड्सलाई थाइल्यान्डले दुई खेलमा पराजित गरिसकेको छ ।
थाइल्यान्डले शृंखलामा खेलेको चार खेलमा नेपाल र थाइल्यान्डविरुद्ध २–२ खेलमा विजय हात पारेको छ ।
प्रतिकृया दिनुहोस