• २०८१ माघ २३ बुधबार
  • Wednesday, 5 February, 2025

मानव बेचबिखन आरोपमा कांग्रेस नेता खनाल पक्राउ

काठमाडाै‌ । मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना कांग्रेस नेतालाई पक्राउ गरेको छ।

अछामका ताराप्रसाद खनाललाई मानब बेचबखिन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

आइतबार पक्राउ परेका खनाल नेपाली कांग्रेसको अछाम जिल्लाको प्रदेश सभा क्षेत्रीय सभापति हुन्।

ब्युरोका प्रमुख एसएसपी दीपेन्द्र जिसीका अनुसार उनीविरूद्ध केही समयअघि नै पक्राउ पुर्जी जारी भएको थियो।

उनले एक व्यक्तिलाई पोल्याण्डमा पठाएर बेचबिखन गरेको आरोप छ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर घटनाबारे अनुसन्धान अघि बढाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर