चितवनमा फेरि रविलाई पठाईयो हिरासत
![](https://samachardainik.com/uploads/news/images/Rabi-lamichhane2024-10-20-03-56-21.jpeg)
चितवन । काठमाडौं र बुटवलमा धरौटीमा छुटेका रास्वपाका अध्यक्ष रवि लामिछानेलाई चितवन अदालतले हिरासतमा पठाएको छ । संठगित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा नपरेका उनलाई चितवन अदालतले आज धुनछेक बहस नसकिपछि हिरासतमा पठाउने आदेश दियो ।
साहारा बचत सहकारीको थुनछेक बहस नसकिएकोमा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाएको हाे ।
उनको मुद्दा हाल हेर्दाहेर्दैमा छ। लामिछानेलाई पुन: बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत राख्ने भएको हो। अदालतले बाेलाएका बेला हाजिर हुने सर्तमा यसअघि बुटवलले भने परिवारकाे जिम्मा लगाएर पठाएका थिए ।
बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयान सकेर थुनछेक बहस सुरू भएको हो।
सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित तीन जनाले बहस गरे। जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्ले बहस गरेका थिए।
अब बाँकी जाहेरवालाका तर्फका वकिल र रवि लामिछानेका वकिलहरूले बिहीबार बहस गर्नेछन्।
यसअघि बुटवलस्थित सुप्रिम सहकारी संस्थाको मुद्दा रूपन्देही जिल्ला अदालतमा दर्ता हुँदा माघ ९ गते उनलाई परिवार र वकिलको जिम्मामा छाडिएको थियो। परिवारको जिम्मामा छाडिएपछि सरकारी वकिलहरूले असन्तुष्टि समेत जनाएका थिए। त्यहाँ उनीसँग थुनछेक बहस सकेर इजलासले एक करोड धरौटी माग गरेको थियो।
प्रतिकृया दिनुहोस