• २०८१ माघ २४ बिहीबार
  • Thursday, 6 February, 2025

अध्यादेशबारे जसपा कार्यदलको निचोडः प्रकृया गलत छ, केही विषय अस्वीकार्य छन्

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारले संसदमा पेस गरेका अध्यादेशबारे अध्ययन सकेकाे छ।

राजकिशोर यादवको अध्यक्षतामा अध्यादेश अध्ययन र सरोकारवालासँग छलफल गर्न कार्यदल बनाएको थियो।

कार्यदलले मंगलबार र बुधबार विज्ञहरूसँग छलफल गरेको थियो। कार्यदलका संयोजक यादवले अध्ययन प्रतिवेदन पार्टीलाई बुझाउने र अध्यादेशबारे औपचारिक निर्णय बिहीबारको संसदीय दल बैठकबाट गरिने जानकारी दिए।

सरकारले सहकारीसहित जारी भएका ६ वटा अध्यादेश सदनमा पेस गरेको थियो। 

अध्यादेशकाे विषयबस्तुमा छलफल गर्दा केही अध्यादेशबारे सकारात्मक, केही अध्यादेशमा गम्भीर आपत्तिजनक रहेकाे निचाेड कार्यदलकाे छ।  

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशका असहमति जनाएको छ।  

प्रतिनिधि सभामा कांग्रेस र एमालेको आरामदायी बहुमत भए पनि राष्ट्रिय सभामा अध्यादेश स्वीकृत गर्न तीन जना सांसद भएको जसपा नेपालको साथ चाहिन्छ। 

अध्यादेश अस्वीकृत गर्न प्रतिपक्षी दलहरूका सांसदले प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ प्रस्ताव दर्ता गरेका छन्। 

जसपा नेपालका सांसदहरूले दुवै सदनमा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिएनन्। जसपा नेपालले केपी शर्मा ‌ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको छ।

अध्यादेश बिहीबारको प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गर्ने तयारी छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर अध्यादेश स्वीकृत गर्ने पक्षमा सहयोग गरिदिन यसअघि नै आग्रह गरिसकेका थिए। 

जसपा नेपालले भने अध्यादेशबारे बिहीबार नै पार्टीले औपचारिक निर्णय लिने बताएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर