• २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025

दिल्लीमा केजरीवाल कालकाे अन्त्यः माेदीले भने– 'विकास र सुशासनको जित भयाे'

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित सुरु भएको बताएका छन् । दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार  प्रवेश बर्मासँग पराजित भएलगत्तै प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् । 

मोदीले भने-‘यो जित विकासको हो, सुशासनको जित हो ।’ प्रधानमन्त्री मोदीले दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।  ‘हामी दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर छोड्नेछैनौ’ मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन चल्यो ।

सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा उनले भने–  ‘आज दिल्ली चुनावको नतिजा आएको छ र जनताको निर्णय जे भए पनि हामी पूर्ण विनम्रताका साथ स्वीकार गर्छौँ।’

केजरीवालले भने, ‘जनताको निर्णय हामीलाई स्वीकार्य छ। म भारतीय जनता पार्टीलाई यो जितको लागि बधाई दिन्छु। र मलाई आशा छ कि उनीहरूले सबै आशा र अपेक्षाहरू पूरा गर्नेछन्। जनताले दिएको अवसरमा हामीले विगत दश वर्षमा धेरै काम गर्‍यौँ, शिक्षा, स्वास्थ्य, पानीको क्षेत्रमा। हामीले दिल्लीको पूर्वाधारको लागि पनि काम गर्‍यौँ।’

उनले थपे, ‘अब जनताले हामीलाई निर्णय दिएका छन्। हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्र खेल्ने छैनौँ, समाजसेवा पनि गर्नेछौँ, जनताको सुख– दुःखमा सहयोग गर्नेछौँ। व्यक्तिगत रूपमा हाम्रो आवश्यकता पर्ने जो कोहीलाई पनि सहयोग गर्नेछौँ। किनकि हामी सत्ताको लागि राजनीतिमा आएका होइनौँ। हामी राजनीतिलाई एउटा माध्यम मान्दछौँ जसको माध्यमबाट हामी जनताको सेवा गर्न सक्छौँ र जनताको सुख(दुःखमा सहयोग गर्न सक्छौँ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर