• २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025

कानुन व्यवसायी परिषद्‌मा एमाले-माओवादी मिलेर कांग्रेसलाई हराए

काठमाडाैं । केन्द्रमा सत्ता राजनीति जस्ताे भएपनि विभिन्न पेशा, व्यवसायीका दल निकटस्थ संगठनहरूले स्थानीय अनुकुलतामा गठबन्धन र चुनावी अभियान गरिरहेका छन् ।

त्यसकाे पछिल्लाे उदाहरण हाे कानुन व्यवसायी परिषद्को पार्षद्‌मा भएकाे चुनाव । यस चुनावमा बागमती प्रदेशबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल विजयी भएका छन्।

उनले प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालालाई ५ सय ७८ मत अन्तरले पराजित गरेका हुन्। खनालले २ हजार ३५५ मत पाउँदा कोइरालाका पक्षमा १ हजार ७७७ मत परेको निर्वाचन समितिले जनाएको छ।

खनाल प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार थिए। खनाल एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनका हुन्। उनलाई माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठनको पनि साथ थियो। 

कोइरालाले कांग्रेसनिकट नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट उम्मेदवारी दिएका थिए। 

मतपरिणाम अनुसार कोशी प्रदेशबाट राजु ढकाल, मधेसबाट सञ्जिवकुमार मल्लिक, रविनारायण खनाल, गण्डकीबाट दयाराम गौतम, लुम्बिनीबाट इश्वरीप्रसाद ज्ञवाली, कर्णालीबाट मातृकाप्रसाद खनाल र सुदूरपश्चिमबाट टेकबहादुर कठायत निर्वाचन भएका छन् ।

ढकालले ४५०, मल्लिकले २७१, खनालले २४४९, गौतमल ३१२, ईश्वरीप्रसाद ज्ञवालीले ४३८, मातृका खनालले ७३ र कठायतले १४५ मत प्राप्त गरेका छन् ।

परिषद् कानुन व्यवसायीको व्यावसायिक आचारसंहिताको अनुगमन र नियमन गर्ने संस्था हो। यसका अध्यक्ष महान्यायाधिवक्ता हुन्छन्।

सात प्रदेशबाट एक–एक जना पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती प्रदेश पार्षद्का लागि सर्वोच्च अदालत परिसरमा मतदान भएको हो।

बागमती प्रदेशमा मात्रै आठ हजार दुई सय मतदाता थिए। यसअघि बागमती प्रदेशको पार्षदमा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए।

पार्षद्को पदावधि पाँच वर्षको हुन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर