माओवादीमा कार्यविभाजनः प्रचण्डसहित कुन पदाधिकारीले के पाए जिम्मा ? (पूर्णपाठ)
![](https://samachardainik.com/uploads/news/images/maobadi_padhadhikari2025-02-03-05-01-00.jpeg)
काठमाडौं । लामो गृहकार्यपछि नेकपा माओवादी केन्द्रले कार्यविभाजन टुंगो लगाएको छ । यसपालीको कार्यविभाजनमा पूर्व राष्ट्रपति नन्दबहादुुर पुन पासाङदेखि केही समय निस्कृय बसेका कृष्णबहादुर महरासम्मले जिम्मेवारी पाएका छन् ।
पछिल्लो समय सुसुप्त रहेका विभिन्न मोर्चाहरुलाई पनि माओवादीले पुनः जागृत गरारएको छ भने केही वैकल्पीक केन्द्रीय सदस्यहरु थपिएका छन् ।
प्रदेशहरुको इन्चार्ज तोकिएको छ । जसमा दुई प्रदेशका इन्चार्ज फेरिएपनि अधिकाँशमा पुरानै छन् । जिल्ला इन्चार्जहरुको नयाँ जिम्मेवारीसहितको सूची सार्वजनिक गरिएको छ ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवसम्मका पदाधिकारीहरुलाई राजनैतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी विभाग र मोर्चाहरुका जिम्मेवारीमा केन्द्रित गरिएको छ। जनप्रतिनिधि रहेका केही पदाधिकारीहरुलाई मूलतः नीति निर्माण सम्बन्धी विभागहरुमा केन्द्रित गरिएको छ।
उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई प्रदेशहरुको जिम्मेवारीमा केन्द्रित गरिएको छ।
प्रदेश इञ्चार्जको नेतृत्वमा सहइञ्चार्जहरु, प्रदेश सभाको दल नेता, प्रदेश अध्यक्ष र उक्त प्रदेशमा कार्यरत स्थायी समिति सदस्यहरु रहेको समन्वय कार्यालय गठन गरिएको छ। यसमा सदस्यहरु थप गर्नुपर्ने भएमा समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने जनाइएको छ।
प्रदेश इञ्चार्जको परामर्शमा जिल्ला इञ्चार्जहरु तोकिएको छ। महानगरपालिका इञ्चार्ज र हाल जिल्लामा सहइञ्चार्ज रहेका नेताहरुको जिम्मेवारी यथावत राखिएको सर्कुलरमा उल्लेख छ।
हेर्नुस सर्कुलरः
प्रतिकृया दिनुहोस