बिहे भोजमा ग्याङ फाइट, एकको मृत्यु

बाँके । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको छ । त्यस्तै पाँच जना घाइते भएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका–८ पुष्पनगर बीचलाइनका एक युवकको बिहे भोजमा माघ २५ गते मध्यराति मदिराले मातेका आफन्तबीच झगडा भएको थियो । झगडामा परी स्थानीय १८ वर्षीय दिनेश रोकायाको मृत्यु भएको हो ।

दिनेशमाथि बैजनाथ–२ का ३५ वर्षीय रामबहादुर रानामाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका थिए । त्यसपछि दुई समूहबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका थिए । घाइते सबै आइतबार बेलुकीसम्म मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किसकेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिनेशलाई भारतको लखनउ लगिएको थियो ।

आइतबार उपचारका क्रममा लखनउमै दिनेशको मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले बताए । उनीमाथि धारिलो हतियार प्रहार गरेको आरोपित रामबहादुर राना पक्राउ परिसकेका छन् । घटनाको अनुसन्धानका लागि अन्य पाँच जनालाई पनि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर