अर्थमन्त्रीले भन्सार र राजस्वका महानिर्देशक हटाएर के गर्न खोजे ?

काठमाडौं । अर्थमन्त्री विष्णु पाैडेलले मन्त्रालय मातहतका दुइ ठूला निकायका महानिर्देशक हटाएका छन् ।  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन भएको छ । सरकारले सोमबार दुवै विभागसहित १७ जना सहसचिवलाई सरुवा गरेसँगै दुवै विभाग खाली भएको हो । 

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय बमोजिम सरुवा भएका १७ जना सहसचिवको विवरण सार्वजनिक गरेको छ । यस अनुसार आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला मन्त्रालयमा तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै, मन्त्रालयको संस्थान समन्वय महाशाखा हेर्ने दीर्घराज मैनालीलाई राष्ट्रिय सूचना आयोगमा वित्तीय क्षेत्र हेर्ने महाशाखा प्रमुख नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।

यसरी अर्थ मन्त्रालय सरुवा भएर गएका तीन सहसचिवको ठाउँमा तीन जनालाई मन्त्रालय तानिएको छ । जसमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी रहेका तीर्थराज चिलुवाल र महिला आयोगकी पार्वती अर्याल र  संघीय मामिला मन्त्रालयका श्रीचन्द्र साह रहेका छन् । साह सूचना प्रविधि विज्ञ हुन् । 

उता राष्ट्रिय सूचना आयोगका कमल प्रसाद भट्टराईलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । योजना आयोगका यज्ञराज कोइरालालाई कृषि तथा पशुपंक्षी मन्त्रालयमा पठाइएको छ । 

परराष्ट्र मन्त्रालयका सहसचिव उदय बहादुर रानालाई बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयको सचिव बनाइएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेतालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । 

संघीय मामिला मन्त्रालयकै इञ्जिनियरिङ सेवातर्फका सहसचिव पुष्कर प्रसाद पोखरेल र राजकुमार गोइतलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । 

राष्ट्रिय किताब खानाका उपमहानिर्देशक युवराज पौडेललाई शिक्षा मन्त्रालय, संघीय मामिला मन्त्रालयका सूचना प्रविधि विज्ञ आदेश खड्कालाई सञ्चार मन्त्रालयमा पठाइएको छ । 

संघीय मामिला मन्त्रालयका सूचना प्रविधि विज्ञ राजकुमार गोइतलाई सहरी विकास मन्त्रालय, पुष्कर प्रसाद पोखरेललाई सहरी विकास मन्त्रालय तथा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका प्रेमकुमार सिंहलाई भौतिक पूर्वाधार मन्त्रालय र लुम्बिनी प्रदेश भूमि मन्त्रालयकी सचिव नम्रता सिंहलाई संघीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । 

मन्त्रालय अन्तर्गत रहेका सहसचिव मध्येबाट दुवै विभागको महानिर्देशक पठाउने 
तयारी मन्त्रीले गरेकाे बताइएकाे छ । यसका लागि महेश भट्टराई र मदन दाहालको सम्भावना धेरै रहेको बताइन्छ । यी दुवै स्थान अर्थमन्त्रालय मातहतका धेरै कर्मचारी जान चाहाने अड्डामा  पर्दछन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर