२७ सय रुपैयाँले घट्यो सुनको भाउ
![](https://samachardainik.com/uploads/news/images/gold12021-11-16-11-30-49.jpeg)
काठमाडौँ । सुनको मूल्य एकैदिन २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदी बुधबार एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८६१.२६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.८२ डलरमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहोस