पानी नपरेपनि काठमाडाैं बबरमहल जलमग्न (भिडियाे)
![](https://samachardainik.com/uploads/news/images/babarmahal_melamch2025-02-12-04-05-50.jpeg)
काठमाडाैं । काठमाडाैं बबरमहल क्षेत्र जलमग्न भएकाे छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले मेलम्ची खानेपानी सञ्जालको पाइट फुटेको जानकारी दिएका छन् ।
‘रेगुलर (नियमित आपूर्ति) तर्फको पाइप फुटेको हो कि, थोक वितरण प्रणाली (बिडिएस) को पाइप फुटेको यकिन भइसकेको छैन,’ उनले भने । पाइप फुटेर जलमग्न भएपछि अहिले त्यसभेगको वितरण प्रणाली बन्द गरिएको उनले बताए ।
‘हामीले कहाँको पाइप फुटेको हो बुझ्न कर्मचारी परिचालन गरिसकेका छौं,’ उनले भने । काठमाडौं उपत्यकाभित्र गत साउनयता मात्रै तीन हजार ६ सय यस्ता चुहावट हुने ठाउँ पहिचान भएका थिए ।
त्यसमध्ये तीन हजारदेखि तीन हजार दुई सय ठाउँका चुहावट मर्मत भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले जानकारी दिए । उनकाअनुसार अझै चार सयभन्दा बढी पहिचान भएका ठाउँको चुहावट मर्मत हुन बाँकी छ ।
पानीकाे बाढीले विशेष अदालत, जिल्ला अदालत तथा वन कार्यालयतर्फ बगेपछि ती कार्यालय जानसमेत सर्वसाधारणलाई समस्या भएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले घन्टौं प्रयास गर्दा पनि फुटेको ढलको मर्मत हुन सकेको छैन।
प्रतिकृया दिनुहोस