• २०८१ फाल्गुण १ बिहीबार
  • Thursday, 13 February, 2025

स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौंमा । नगरकोट पिकनिक गएर फर्किँदै गरेको स्कुल बस दुर्घटना परी मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ।

मोरङ उर्लाबारी नगरपालिका-७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका-१४ वर्षीया शुशा‌ङ्का डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ का २४ वर्षीय सुरेश तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार सुरेश स्कुलका शिक्षक थिए।

बुधबार शंकरापुर नगरपालिका-५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। 

चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किँदै गर्दा दुर्घटनामा परेको थियो। बौद्ध प्रहरीका अनुसार ४० जना घाइते भएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर